१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


धनकुटामा एक वर्षमा बलात्कारका सात घटना


0
Shares

धनकुटा, मंसिर ३ । धनकुटामा एक वर्षको अवधिमा सातओटा बलात्कारका घटना घटेका छन् ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले ‘नेपाल मानवअधिकार वर्ष पुस्तक’ सन् २०१९ का लागि तयार पारिएको रिपोर्टमा सो विवरण उल्लेख गरिएको छ ।

७ मध्ये ६ ओटा बलात्कार र एउटा बलात्कारको प्रयास रहेका छन् । 

इन्सेकको प्रतिवेदनमा धनकुटामा ३६ ओटा मानवअधिकार उलंघनका घटनाहरु उल्लेख गरिएको छ ।

विवरणमा हत्याका एक, कुटपिटका तीन, घरेलु हिंसा १३ र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार हनन्का दुईओटा मुख्य घटना समावेश गरिएको छ ।