
काठमाडौं, मंसिर ३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत् सोमबार सम्पन्न खेलमा संकटा क्लब विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
संकटा प्रतियोगितामा लगातार दोस्रोपटक विजयी भएको हो । यसअघि, संकटाले सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले हराएको थियो ।
संकटाका लागि विदेशी खेलाडी सेड्रिक अबाले खेलको ५७औं मिनेटमा गोल गरेका हुन् ।
खेलको १९औं मिनेटमा एलोन म्यास्कवेलले रातोकार्ड पाएपछि संकटा १० खेलाडीमा सीमित बनेको थियो ।
खेलको ८५औं मिनेटमा सेड्रिकले दोस्रो गोल गरे । उनी ‘म्यान अफ दी म्याच’समेत भए ।
जितसँगै संकटाले ६ अंक जोडेको छ ।
जावलाखेलको यो दोस्रो हार हो । पहिलो खेलमा जावलाखेल नेपाल पुलिस क्लबसँग १–० गोलले पराजित भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्