
धनकुटा, वैशाख ७ । सामुदायिक विद्यालयका आधारभूत तहको शैक्षिक गुणस्तर सुधार गर्न अमेरिकी संस्था यूएसआईडीले धनकुटाका सामुदायिक विद्यालयहरुलाई पुस्तक वितरण गरेको छ ।
पाँच बर्षे पुस्तक वितरण कार्यक्रम अन्तर्गत गत बर्षबाट शुरु गरेको यूएसआईडीले दोस्रो चरणका पुस्तक वितरण गरेको हो । अमेरिकी जनताको आर्थिक सहयोगमा कक्षा १, २ र ३ का लागि नेपालको रिसर्च ट्याङ्गल ईन्ष्टिच्युटले पुस्तक उपलब्ध गराएको हो ।
जिल्लाका २९६ सामुदायिक विद्यालयलाई प्रति विद्यालय ५९४ थान पुस्तक वितरण गरिने छ । विभिन्न १९८ शीर्षकमा पुस्तक उपलब्ध गराइएको छ ।
नेपालको १६ जिल्लामा यो कार्यक्रम रहेकामा पूर्वमा भने सप्तरी र धनकुटामा यो कार्यक्रम लागू छ ।
प्रतिक्रिया दिनुहोस्