
हङकङ, मंसिर ३ । ‘फर्मुला थ्री मकाउ ग्रान्ड प्रि’मा एउटा कार दुर्घटना हुँदा १७ वर्षीया महिला चालक सोफिया घाइते भएकी छन् । १७२ माइल प्रतिघण्टाको रफ्तारमा गुडिरहेको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।
रेस ट्रयाकबाट कार उडेर बाहिरिएको थियो । दुर्घटनामा अन्य एक कार चालक, दुई फोटोग्राफर र एक सुरक्षाकर्मी घाइते भएका छन् ।
आयोजकका अनुसार घाइते जर्मन महिला चालकको मेरुदण्डको हड्डी भाँचिएको छ । उनी खतरामुक्त रहेको र शल्यक्रियाको तयारी भइरहेको जनाइएको छ ।
अन्य घाइतेको अवस्था पनि खतरामुक्त रहेको बताइएको छ । अस्पताल लैजाँदासम्म सबै घाइते होशमै रहेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्