१० जनाभन्दा कम विद्यार्थी भएका संकाय बन्द गर्ने त्रिविको तयारी • Image Khabar Image Khabar


१० जनाभन्दा कम विद्यार्थी भएका संकाय बन्द गर्ने त्रिविको तयारी


Imagekhabar
७ बैशाख २०७५, शुक्रबार १६:४२

१० जनाभन्दा कम विद्यार्थी भएका संकाय बन्द गर्ने त्रिविको तयारी

उनले त्रिविको शिक्षा सुधार कार्यक्रमअनुसार १० भन्दा कम विद्यार्थी भएका संकायका विद्यार्थीलाई अर्को क्याम्पसमा स्थानान्तरण गर्ने जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा सुधार परियोजना कार्यालयले शुक्रबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा कुलपति खनियाँले कुनै संकायमा एकजना विद्यार्थी राखेर बस्ने समय नभएको बताए ।

कक्षा सन्चालनका लागि कम्तीमा १० जनाभन्दा बढी विद्यार्थी आवश्यक पर्ने र त्यो संख्या पूरा गर्न नसकिए कक्षा सन्चालन बन्द गरिने उनको भनाइ थियो ।

विद्यार्थी कम भएका संकाय सुधारका लागि सेमेस्टर प्रणाली ल्याइएको उपकुलपछि खनियाँले बताए ।

त्रिविका प्राध्यापकलाई पनि बढी विद्यार्थी भएको ठाउँमा खटाइने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्