
शुक्रबार काठमाडौंको वसन्तपुरमा नेपालका ख्यातीप्राप्त चित्रकारहरुले विभिन्न सम्पदाहरुका चित्र बनाएका छन् ।
चित्रकारहरुले दुई विश्व सम्पदास्थल वसन्तपुर र स्वयम्भूलाई जोड्ने मरुगणेश, मरुहिती, पाछेँगल्ली, दमाइँटोललगायतका विभिन्न स्थानमा बसेर चित्र कोरेका थिए ।
नेपालका चर्चित चित्रकारहरु चिनीकाजी ताम्राकार, उदयचरण श्रेष्ठ, श्रीजन राजभण्डारी, मन्दीरा मल्ल, लोक चित्रकार, रमेश खनाललगायतले सम्पदाको चित्र बनाएका हुन् ।
फोटो प्रदर्शनी
यसैबीच, शुक्रलबारै ललितपुरमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि गरिएको उद्धारको फोटो प्रदर्शनी गरेको छ ।
कार्यक्रममा पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पमा परी ज्यान गुमाएकाहरुलाई सम्झँदै पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताए । विश्व सम्पदाहरुको पुनःनिर्माणलाई प्राथमिकता दिइने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्