
बुटवल उपमहानगरपालिकाले वैशाख ७ गतेलाई विजयी भएको दिन घोषणा गर्दै उत्सव मनाउन सुरु गरेको हो ।
शुक्रबार पहिलो विजयोत्सवका अवसरमा नेपाली सेनाले जितगढीमा तोपसहितको हर्ष–बढाइँ गर्यो ।
बुटवल वडा नम्बर–१ मा रहेको गढी किल्लामा विशेष समारोह आयोजना गरिएको हो ।
सो अवसरमा प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले समृद्धिको सपना पूरा गर्न आफ्नो क्षेत्रको विकासका लागि केन्द्र सरकारको आस गरेर बस्न नहुने बताए ।
ऐतिहासिक क्षेत्रको संरक्षण र सम्वद्र्वनको दायित्व नयाँ संविधानपछि तीनओटै सरकारको काँधमा आएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
विजयोत्सवमा विभिन्न जातजातिका समुदायले झाँकी प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्