मेलम्चीको पानी वितरण गर्न ६८४ किमि सडकमा बिच्छ्याइयो पाइप • Image Khabar Image Khabar


मेलम्चीको पानी वितरण गर्न ६८४ किमि सडकमा बिच्छ्याइयो पाइप


Imagekhabar
७ बैशाख २०७५, शुक्रबार १९:१८

मेलम्चीको पानी वितरण गर्न ६८४ किमि सडकमा बिच्छ्याइयो पाइप

पहिलो चरणमा ७२० किमि सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकामा अहिलेसम्म ६८४ किमि सडकमा पाइप बिच्छ्याइएको छ ।

डेढ महिनामा ७२० किमिमै पाइप बिच्छ्याइने काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

यसैगरी, थोक वितरण प्रणालीको ७७ किमिमध्ये ६९ किमिमा पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले राससलाई जानकारी दिए ।

असार मसान्तसम्म पहिलो चरणको पाइप बिच्छ्याउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

पाइप बिच्छ्याइ सकिएका सडकमा कालोपत्रको काम पनि भइरहेको छ । ८ मिटर कम चौडाइका सडकमा निर्देशनालयले नै कालोपत्र गर्दैछ ।

८ मिटरमाथिका सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।

सडकका मुख्य चोकमा भल्भ च्याम्बर निर्माण भइरहेकाले कालोपत्र भएका सडकमा जेब्राक्रसिङ बनाउन नसकिएको निर्देशनालयले जनाएको छ ।

असार मसान्तसम्म निर्माणसँगै पैदलयात्रीका लागि जेब्राक्रसिङ पनि बनिसक्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्