१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


पाँच वर्षीया बालिकालाई जवरजस्ती गरि फरार रहेका ५३ वर्षीय मोक्तान पक्राउ


0
Shares

नवलपुर । पाँच वर्षीया बालिकालाई जवरजस्ती गरि फरार रहेका नवलपुर कावासोती–३ का ५३ वर्षीय मोक्तान कोइराला भन्ने सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

गत कात्तिक २७ गते कावासोती–३ बस्ने ५ वर्षीया बालिकालाई जवरजस्ती गरि फरार रहेका तामाङलाई नवलपुरको गैडाकोटबाट प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

तामाङले मादक पदार्थ सेवन गरी बालिकालाई जवरजस्ती गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानले जानकारी दिए । अभियुक्तका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।