२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एटिपी टेनिस फाइनल्सको उपाधि भेरेभलाई, जोकोविच पराजित


0
Shares

काठमाडौं । वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सको उपाधि जर्मनीका युवा खेलाडी एलेक्जेन्डर भेरेभले जितेका छन् ।

विश्व नम्बर एक नोभाक जोकोविचलाई पराजित गर्दै जर्मनीका २१ वर्षीय युवा खेलाडी एलेक्जेन्डरले पहिलो पटक उपाधि जितेका हुन् ।

सेमिफाइनलमा स्वीस खेलाडी रोडर फेडेररलाई पाखा लगाएका भेरेभले फाइनलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राखे ।

उनले विश्व नम्बर एक नोभाक जोकोविचलाई ६–४ र ६–३ को सेटमा पराजित गरे ।

सर्बियाली खेलाडी जोकोविचमाथिको जित भेरेभको खेल जीवनकै सबैभन्दा ठूलो जित होे ।

यसअघि पाँच पटक उपाधि उचालेका जोकोविच भेरेभसँग सोझो सेटमा पराजित भए ।