प्रदेश–७ मा तीन महिनाका लागि १ अर्ब २ करोडको बजेट आइतबार • Image Khabar Image Khabar


प्रदेश–७ मा तीन महिनाका लागि १ अर्ब २ करोडको बजेट आइतबार


Imagekhabar
८ बैशाख २०७५, शनिबार १६:००

प्रदेश–७ मा तीन महिनाका लागि १ अर्ब २ करोडको बजेट आइतबार

चालू आर्थिक वर्षको तीन महिनाका लागि बजेट ल्याउन लागिएको धनगढीस्थित आर्थिक मामिला तथा योजना मन्त्रालयमा शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

चालू आर्थिक वर्ष २०७४/७५ का लागि आइतबार (भोलि) १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिए ।

आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकको विशेष समयमा आर्थिक मामिला तथा योजनामन्त्री बोहराले सो बजेट पेस गर्ने कार्यक्रम तय भएको छ ।

वैशाखदेखि असारसम्मका लागि प्रदेश सरकारले ल्याउने बजेटमा आयको विवरण उल्लेख नहुने मन्त्री बोहराले बताए ।

बजेटमा खर्चको विषयमात्रै उल्लेख हुने जनाइएको छ । साधारण र विकास खर्चमात्र समेटिएको बजेटको आंशिक भाग ल्याउन लागिएको मन्त्री बोहराले बताए ।

बजेटमा दीर्घकालीनभन्दा तत्कालीन विषय समावेश गरिने भन्दै उनले प्रदेशका बासिन्दाले तत्काल अनुभूति गर्ने कार्यक्रम राखिएको बताए ।

बजेटले खानेपानी, सडक, शिक्षा, कृषिलगायत क्षेत्रलाई विशेष प्राथमिकतामा दिएको उनले जानकारी दिए ।

छोटो अवधिमा दीर्घकालीन योजनाहरू समावेश गर्न नसकिने भएकाले बजेटमा तत्काल राहत र विकासका विषयमात्रै समावेश हुने मन्त्री बोहराको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्