
शनिबार स्याङ्जामा नेपाल तरुण दल वालिङ नगरसमितिको कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री राणाले नेपाली कांग्रेसले ढुकुटी रित्याएको दोष लगाउन अर्थमन्त्रीले श्वेतपत्र जारी गरेको जिकिर गरे ।
श्वेतपत्र जारी गर्नुभन्दा १० दिनअगाडि नेपाल राष्ट्र बैंकको आधिकारिक रिपोर्टमा २५० अर्ब रुपैयाँ ढुकुटीमा रहेको तथ्यांक देखिँदा पनि तथ्यलाई बंग्याएर श्वेतपत्र जारी गर्नु अर्थमन्त्रीको बदमासी भएको उनको भनाइ थियो ।
राणाले जनतामा झुटको भ्रम नछर्न सरकारलाई आग्रह पनि गरे ।
कार्यक्रममा प्रदेश नम्बर–४ का सांसद भागवतप्रकाश मल्लले प्रदेशको नामाकरणका लागि स्याङ्जावासीलाई उत्तम नाम दिन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्