
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घन्टासम्म चलेको वार्तामा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गम्भीर छलफल भएको हो ।
पार्टी एकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
उनकाअनुसार पार्टी एकताको विषय सकारात्मकरुपमा अगाडि बढेको छ ।
पार्टी एकीकरणका विषयलाई अन्तिमरुप दिन दुवै अध्यक्ष गम्भीरतापूर्वक लागेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्