२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


अनुदान रकम फिर्ता गर्न नक्कली पीडितलाई निर्देशन


0
Shares

काठमाडौं, मंसिर ३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झुटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बन्धित कार्यालयमा उक्त रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

झुटो विवरण पेश गरेर भूकम्पपीडित अनुदान लिएको भनी उजुरी परेपछि त्यस्ता व्यक्तिबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरण निर्देशक समितिको गत भदौ २१ गते बसेको बैठकले झुटो विवरण पेश गरेर अनुदान लिएकाबाट रकम फिर्ता गराउने निर्णय गरेको थियो । –नागरिक दैनिकबाट