१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


चालक अनुमतिपत्र र नम्बर प्लेट बिनै सञ्चालित अटो रिक्सा प्रहरी नियन्त्रणमा


0
Shares

स्याङ्जा, मंसिर २ । वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

चालक अनुमतिपत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले करीब दुई महिनादेखि सञ्चालित पाँचवटा अटोलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोलाई वडा प्रहरी कार्यालयमा राखिएको ट्राफिक कार्यालयका हवल्दार शङ्कर रिमालले जनकारी दिए ।

जिल्लाका मुख्य बजार वालिङ, स्याङ्जा, बयेरघारी, गल्याङलगायतका ठाउँमा करीब ४० अटो सञ्चालनमा रहेका छन् । सवारी चालक अनुमतिपत्र र नम्बर प्लेट बिनै सञ्चालन गर्दा दुर्घटना भए समस्या हुने भएकाले कारबाही थालिएको बताइएको छ ।

नगरपालिकाले प्रतिकिलोमिटर रु १५ र थप किलोमिटरको रु दशका दरले भाडा निर्धारण गर्नुका साथै भित्री सडकमा मात्र सञ्चालन गर्नुपर्ने निर्णय गरे पनि अटो सञ्चालकले नियम उल्लङ्घन गरेको प्रहरीले जनाएको छ । (रासस)