
सोमबार कांग्रेसको जारी केन्द्रीय समिति बैठकस्थल सानेपामै पुगेर नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा गएको असन्तुष्ट पक्षले अध्यक्ष नैनसिंह महरको विधानविपरीत र गुटगत गतिविधि अन्त्य गर्न एवं आगामी महाधिवेशनको सुनिश्चितता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
उनीहरुले संघका अध्यक्ष महरले संगठनलाई ‘नाटकघरजस्तो बनाएको र भजनमन्डलीमा परिणत गरेको’ आरोप लगाएका छन् ।
ज्ञापनपत्र बुझाउनुअघि नेविसंघको असन्तुष्ट पक्षकाहरुले केन्द्रीय समिति बैठक बसिरहेको स्थान कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाहिर नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्