नेप्से २७ अंकले ओरालो • Image Khabar Image Khabar


नेप्से २७ अंकले ओरालो


Imagekhabar
१० बैशाख २०७५, सोमबार २०:१३

नेप्से २७ अंकले ओरालो

नेप्सेमा दोहोरो अंकको गिरावट आयो भने कारोबार डेढ अर्ब पुग्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से २७ अंकले ओरालो लागेर १४ सय १० मा आएर थामियो । कारोबार भएका सबै समूह रातो रहे ।

बिमा समूह सबैभन्दा उच्च ८८ अंकले ओरालो लाग्यो । होटल समूहमा ७८ अंकको गिरावट आयो । जलविद्युत् समूह ५४ अंकले झर्‍यो । विकास बैंक समूह ३१ अंकले ओरालो लाग्यो । लघुवित्त, उत्पादनमूलक समूह र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको कमी आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका ३१ लाख १४ हजार कित्ता सेयर १ अर्ब ५२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्