
उनीहरुले चिनीमा कायम गरिएको भन्सार दर पुनःविचार गर्नसमेत सरकारसँग माग गरेका छन् ।
मोरङ व्यापार संघले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी सरकारले चिनीमा लगाएको भन्सार वृद्धिका कारण चिनीको चोरी–तस्करी बढेको र उद्योगी, उखुु किसान तथा आम उपभोक्ता मारमा पर्ने भएकाले भन्सार मूल्यवृद्धि फिर्ता लिनुुपर्ने माग गरेको हो ।
संघका अध्यक्ष पवन शारडाले चिनीमा वृद्धि गरिएको भन्सार मूल्यका कारण पैठारी भएका चिनीहरु विराटनगर भन्सारको गोदाममा थन्काउन बाध्य भएको बताए ।
उनले जबर्जस्ती गरिएको भन्सार वृद्धिले उद्योगीहरुलाई हत्सोसाहित बनाउने काम गरेको बताए ।
यस्तै, उद्योग संगठन मोरङका अध्यक्ष मुुकेश उपाध्यायले पनि चिनीको भन्सार मूल्यमा गरिएको वृद्धिले जनतामा असरपर्ने भएकाले गरिएको भन्सार वृद्धि हटाउन माग गरे ।
सरकारले चिनीको भन्सार मूल्य दोब्बर बढी बढाएर ३० प्रतिशत पुु¥याएको भन्दै त्यसको व्यापारीहरुले विरोध गरेका हुुन् ।
चिनीको भन्सार १२ प्रतिशतबाट ३० प्रतिशत पुर्याएपछि भन्सार मूल्यअनुुसार नेपाली बजारमा चिनीको लागत खर्च प्रतिकेजी ७२ रुपैयाँ पर्ने र भारतीय बजारमा चिनीको प्रतिकेजी खुुद्रा मूल्य ४८ देखि ५२ रुपैयाँ रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्