२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुडानमा खटिएका नेपाली शान्ति सेनामाथि लाग्यो बलात्कार आरोप


0
Shares

काठमाडौं, वैशाख १२ । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सेनामाथि बालिका बलात्कारको आरोप लागेको छ ।

नेपाली शान्ति सेनाले दुई सुडानी बालिकालाई बलात्कार गरेको उजुरी दुई साताअघि नै प्राप्त भएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताएका हुन् ।

राष्ट्रसंघ प्रवक्ताले नै घटनाबारे चासो राखेको जनाउँदै एएफपीले समाचार प्रकाशित गरेपछि तत्काल बोर्ड अफ इन्क्वायरी गठन गरेर छानबिन सुरु गरिएको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।

घटनामा कति जना संलग्न छन् भन्ने स्पष्ट हुन नसकेको एएफपीले जनाएको छ । सुडानबाट फर्केका एक सैन्य अधिकारीले कतिपय अवस्थामा ब्यारेकमा घुस्ने र चोरीसमेत हुने गरेकाले त्यस विषयमा गम्भीर र सूक्ष्म छानबिनपछि मात्रै केही बोल्न सकिने बताए ।

नेपालबाट सुडानमा सेक्टर कमान्डर नै रहेकाले पनि छानबिनमा सहजता आउने सैन्य अधिकारीहरू बताउँछन् । –कान्तिपुर दैनिकबाट