
भूकम्पको तीन वर्ष बित्दा पनि भूकम्पले दिएको चोट र क्षतिको उचित सम्बोधन हुन सकेको छैन ।
भूकम्पपछि सदरमुकाम धादिङबेसी आसपास अस्थायी टहरा बनाएर बस्दै आएकाहरु अझै त्यहाँबाट अन्यत्र सर्न सकेका छैनन् ।
उत्तरी धादिङबाट विस्थापित भइ सदरमुकाम धादिङबेसी आसपासमा त्रिपाल टागेर बसेका भूकम्पपीडितको टहरो फेरिएको छैन ।
उत्तरी धादिङको रुबिभ्याली गाउँपालिकाका लापा, सेर्तुङ, तिप्लिङ, खनियाबास गाउँपालिकाका झार्लाङ, दार्खा, गंगाजमुना गाउँपालिकाको रीलगायतबाट विस्थापित भूकम्पपीडित त्यहाँ बसिरहेका हुन् ।
अधिकांशले आफैं ऋण गरेर जग्गा किनेका छन् भने केही खाली ठाउँमा जस्ताको टहरामा बसेका छन् ।
जिल्लामा ७३ हजार २७६ लाभग्राही रहेकामा ६९ हजार ६५८ घरधुरीले अनुदान सम्झौता गरेका थिए ।
सरकारले आवास निर्माणका लागि तीन चरणमा अनुदान दिएपछि ६८ हजार ८४० घरधुरीले पहिलो किस्ता लिएका थिए । २७ हजार ३७३ जनालेमात्र दोस्रो र ६ हजार ९२ घरधुरीले तेस्रो किस्ताको रकम लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्