२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भूकम्पपछि तीन हजार २७७ निजी घर निर्माण : रेडक्रस


0
Shares

रेडक्रसले बुधबार राजधानीमा गरेको कार्यक्रममा नेपाल सरकारसँग ७ हजार ३९३ घर बनाउने सम्झौता गरेअनुसार ती घर बनाइएको र ५ हजार ९६ परिवारले डीपीसी लेवलसम्मको काम सम्पन गरिसकेको जानकारी दिइयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीमा अध्यक्ष सन्जीव थापाले ४ हजार ७६५ परिवारलाई दोस्रो किस्ता दिइएकोमा ३ हजार ७६९ परिवारले छाना छाउने तयारी गरेको जानकारी दिए ।

रेडक्रसले निजी घर बनाउन १ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, रेडक्रसले तीनओटा विद्यालयको पुनःनिर्माण गरिसकेको र सातओटा विद्यालय निर्माणधीन रहेकोसमेत जनाएको छ ।

रामेछापको आइतबारे, काभ्रेको खानेपानी दोभानलगायत १४७ ओटा खानेपानी योजना र ५ हजार ६०० चर्पीहरु पनि निर्माण गरिसकेको कार्यक्रममा जानकारी दिइयो ।

भवन निर्माणका लागि ५ अर्ब ५७ करोड रुपैयाँ रकम प्राप्त भएकोमा ५ अर्ब ११ करोड रकम खर्च भइसकेको पनि रेडक्रसले जनाएको छ ।