Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


मोदीको भ्रमणका लागि जनकपुरमा तयारी तीव्र


0
Shares

मोदीको भ्रमणका लागि प्रदेश र स्थानीय सरकारले संंयुक्तरुपमा तयारी थालेका हुन् ।

प्रदेश नम्बर–२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, जनकपुर उपमहानगरपालिकाका उपमेयर रिता झा, स्थानीय प्रशासन एवं सुरक्षाकर्मीसहितका टोलीले भ्रमणमार्ग जानकी मन्दिर एवं सभास्थल रंगभूमि मैदानको बिहीबार निरीक्षण गरेका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मोदीको भ्रमणका लागि आवश्यक व्यवस्थापन, सुरक्षासम्बन्धी कार्यहरुको तयारी भइरहेको जानकारी दिए ।

अहिले सडकहरुको मर्मत–सम्भार, जानकी मन्दिर सजावट, रंगभूमि मैदानको पर्खालसहित रङरोगन, सरसफाइ तथा सजावटका काम भइरहेको छ ।