
भैरहवा, बैशाख १४ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले कर्मचारीले रोजेकै ठाउँमा मात्र समायोजन गर्न नसकिने बताएका छन ।
लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको साक्षात्कारमा मन्त्री पण्डितले कर्मचारीले रोजेको ठाउँलाई प्राथमिकता दिए पनि सरकारले खटाएको ठाउँमा उनीहरुले जान्न भन्न नपाउने बताए ।
राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा तोकेको जुनसुकै ठाँउमा पनि जान्छु भनेर शपथ खाएको स्मरण गराउँदै मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कार्वाही गरिने चेतावनी दिए ।
मन्त्री पण्डितले एक तह बढुवा गरेर समायोजन गर्नुपर्ने कर्मचारीको मागलाई सरकारले पुरा गर्न नसक्ने स्पस्ट पारे ।
निश्चित मापदण्डमा नपरेका कर्मचारीलाई स्वेच्छिक अवकाश नदिइने उनको भनाइ थियो ।
मन्त्री पण्डितले कर्मचारी समायोजनको काम अन्तिम चरणमा पुगेको भन्दै सरकारले विकास निर्माण र सुशासनलाई प्राथमिकता दिएको बताए ।
प्रतिक्रिया दिनुहोस्