Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


कूटनीति र विकासका लागि ‘थिंक ट्यांक’ गठन


0
Shares

गैरनाफामूलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिंक ट्यांक)कारुपमा सुझाव दिने अध्यक्षले श्रेष्ठले बताए ।

उक्त संस्थामा सदस्यकारुपमा पूर्वपरराष्ट्रसचिव तथा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव ज्ञानचन्द्र आचार्य, पूर्वशिक्षासचिव शंकरप्रसाद पाण्डे, डा. गंगाबहादुर थापा, अनिता जधारी, अरुण रञ्जित, हेमन्त कक्षपति, खेमराज लकाइ, नवराज पाण्डे, डा. प्रमोद जैसवाल, श्रीराम लामिछाने, सुरेन्द्र शाक्य, शान्तिलक्ष्मी शाक्य र मित्रबन्धु पौडेल रहेका छन् ।

श्रेष्ठले संस्थाले बौद्धिक व्यक्तित्वबीच अन्तरक्रिया बढाउने, आफ्ना अनुभवमा आधारित भएर सरकारलाई सुझाव दिने र यही क्षेत्रमा अध्ययन–अनुसन्धानलाई केन्द्रमा राखेर काम गर्ने उद्देश्यले संस्था स्थापना गरेको जानकारी गराए ।

संविधान निर्माण, यसको कार्यान्वयन र तीनै तहको निर्वाचन सम्पन्न भएका कारण राजनीतिक स्थिरता आएकाले अब विकासले प्राथमिकता पाउनुपर्ने बेलामा अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारका काममा आफ्नो संस्थाले सहयोग गर्ने पुर्‍याउनेसमेत अध्यक्ष श्रेष्ठले बताए । रासस