Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


शुल्क वृद्धि नगर्न विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन


0
Shares

भक्तपुरमा सन्चारकर्मीसँग कुरा गर्दै उनले विद्यालयले मनोमानीरुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न विद्यालयलाई निर्देशन दिएका हुन् ।

विद्यालयको तत्काल अनुगमन गरेर शुल्क नियन्त्रण गर्न स्थानीय तहलाई उनले आग्रह गरे ।

मन्त्रालयले स्थानीय तहलाई तत्काल शुल्क वृद्धि नियन्त्रण गर्न आग्रह गरिसकेको बताउँदै मन्त्री पोखरेलले भने–‘मनोमानी ढंगले विद्यालयले शुल्क वृद्धि गरेको गुनासो आएको छ, यसलाई तत्काल नियन्त्रण गर्नु जरुरी छ, स्थानीय तहलाई तत्काल शुल्क अनुगमन गरेर शुल्क वृद्धि नियन्त्रण गर्न म आग्रह गर्दछु ।’

उनले शुल्क वृद्धि नियन्त्रण नगर्ने विद्यालयलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए ।

सन्चारकर्मीसँग कुरा गर्दै उनले विद्यार्थीलाई लामबद्ध नराख्न विद्यालयलाई निर्देशन दिए ।

उनले भने–‘स्कुलमा होस् वा गाउँमा विशिष्ट व्यक्ति आउँदा स्वागत गर्न विद्यार्थीलाई लामबद्ध राख्ने परम्परा बढ्दै गयो, यो गलत छ । म सबै विद्यालयलाई निर्देशन दिन्छु, अबदेखि विद्यालयलाई स्वागतमा लामबद्ध नराख्नुहोस् । रासस