२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सरकारका काम–कारबाहीमाथि हस्तक्षेप सैह्य हुँदैन : उपप्रम पोखरेल


0
Shares

काठमाडौं, मंसिर १ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारका काम–कारबाहीमाथि कसैले हस्तक्षेप गरे सैह्य नहुने चेतावनी दिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर–३, इन्द्रायणी टोलमा शनिबारदेखि सुरु भएको श्रीमद्भागवत कथावाचनको उद्घाटन गर्दै उनले नागरिकको चाहना, आस्था र विश्वासमाथि कुठाराघात गर्ने काम कसैबाट पनि हुन नहुने बताए ।

मन्त्री पोखरेलले सबै नागरिकको अधिकार सुरक्षित गर्न सरकार सधैं तत्पर रहने विश्वास दिलाए ।

कार्यक्रममा विश्व शान्ति अभियन्ता मुरलीधर पोखरेलले कथावाचन गरेका थिए । उद्घाटनअघि विश्व शान्तिको कामना गर्दै कलशयात्रा निकालिएको थियो ।

कथावाचन यही मंसिर ७ गतेसम्म चल्ने जनाइएको छ ।