पौडेलको आरोप–‘देउवा नेतृत्वको सरकारले गरेका गलत कामका कारण पार्टी हार्‍यो’ • Image Khabar Image Khabar


पौडेलको आरोप–‘देउवा नेतृत्वको सरकारले गरेका गलत कामका कारण पार्टी हार्‍यो’


Imagekhabar
१४ बैशाख २०७५, शुक्रबार १६:४६

पौडेलको आरोप–‘देउवा नेतृत्वको सरकारले गरेका गलत कामका कारण पार्टी हार्‍यो’

कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार बोल्दै पौडेलले कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्न नसक्नु र सभापतिको छवि तथा उनी नेतृत्वको सरकारले गरेका गलत कामका कारण पार्टी पराजित हुनुपरेको बताए ।

पार्टीलाई संस्थागत ढंगबाट सन्चालन गर्दै देशभर ऊर्जा ल्याउने अभियान चलाउनुपर्नेमा पौडेलको जोड रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

जारी बैठकमा शुक्रबारसमेत गरी पाँच घन्टाभन्दा बढी बोलेका नेता विजयकुमार गच्छादारले पार्टी प्रवेशअघि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै कांग्रेस छाडेर गएका र कांग्रेसमा आउन चाहनेलाई पार्टीले अपिल गर्नुपर्नेमा जोड दिए ।

गत चैत ८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक शनिबार सम्पन्न हुने भएको छ ।

शनिबार महामन्त्रीको राजनीतिक प्रतिवेदन पारित गर्दै बैठक सम्पन्न हुने जनाइएको छ ।

महासमिति बैठक र जिल्ला सभापतिहरुको भेलाको मिति तोक्नुका साथै सरकारलाई हेर्ने दृष्टिकोण र पार्टी सुधारको अभियानसमेत शनिबार सार्वजनिक गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।

बैठकलगत्तै पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने तयारी भइरहेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्