
कञ्चनपुर । भारतको उत्तराखण्डमा हुने स्थानीय चुनावका कारण भारतले नेपालसँग सीमा जोडिएका नाका ४८ घण्टाका लागि बन्द गरेको छ ।
भारतको उत्तराखण्डअन्तर्गत १३ जिल्लामा आइतबार हुने स्थानीय चुनावका लागि नेपालसँग जोडिएको सीमानाका बन्द गरेको हो ।
सीमावर्ती जिल्लामा स्थानीय चुनाव भइरहेकाले शनिबार बिहान ६ बजेदेखि ४८ घण्टाका लागि भारतले नाका बन्द गरेको कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले बताए ।
नेपालसँग सीमा जोडिएको भारतको चम्पावत जिल्लाका चार स्थानमा आइतबार नगरपालिकाको चुनाव हुने छ ।
प्रतिक्रिया दिनुहोस्