
काठमाडौ, बैशाख १५ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको अबको लडाई कम्युनिष्ट अधिनायकवादविरुद्ध हुने जिकिर गरेका छन् ।
नेता पौडेलले बहुमतको आवरणमा कम्युनिष्ट पार्टीहरु मिलेर अधिनायकवाद लाद्ने कोशिस गरिरहेको भन्दै कांग्रेस जुनसुकै किसिमका अधिनायकवादविरुद्ध लड्न समक्ष रहेको दावी गरे ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल मुस्लिम संघको आजबाट ललितपुरमा सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनमा नेता पौडेलले कांग्रेसले राजनीतिक मुद्धामा जितेपनि चुनावमा हार्नुको कारण खोज्नुपर्ने धारणा राखे ।
कार्यक्रममा महामन्त्री शशांक कोइरालाले मुलुकमा कम्युनिष्ट अधिनायकवाद सुरु भईसकेको भन्दै अधिनायकवाद विरुद्ध लड्न भातृसंगठनहरु बलियो हुनु आवश्यक रहेको धारणा राखे ।
दुई दिनसम्म चल्ने मुस्लिम संघको राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्