५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024


गाउँपालिका कार्यालयबाटै वडा कार्यालयहरुको निगरानी


0
Shares

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले गाउँपालिका कार्यालयबाटै वडा कार्यालयहरुको निगरानी सुरु गरेको छ ।

सेवाग्राहीलाई प्रभावकारी र दुरुस्त सेवा दिने तथा राजस्व चुहावट नहोस् भन्ने उद्देश्यले हरेक वडा कार्यालयमा सीसी क्यामेरा जडान गरी निगरानी सुरु गरिएको हो ।

गाउँपालिकाभित्रका ८ वटा वडा कार्यालयको रसिद काट्ने कक्षमा तत्कालका लागि एक÷एक वटा सीसी क्यामेरा जडान गरिएको हो ।

सीसी क्यामेरा राखिएको कक्षका गतिविधि गाउँपालिकाबाटै हेर्न मिल्ने गरी बनाइएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिइन ।

सीसी क्यामेरा जडान गर्न हरेक वडा कार्यालयमा इन्टरनेट पहुँचसमेत विस्तार गरिएको छ ।

इन्टरनेट पहुँच विस्तार भएसँगै अहिले व्यक्तिगत घटना दर्ता वडावाटै अनलाइन मार्फत हुने गरेको छ ।