
कैलाली । कैलालीमा सम्बन्ध विच्छेदको मुद्दामा महिलाभन्दा पुरुषको अग्रसरता बढी देखिएको छ ।
भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सहज बनाइदिएपछि उनीहरु महिलासरह अदालत जान थालेका हुन् ।
देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था गरेपछि महिलाभन्दा पुरुषका मुद्दा अदालतमा बढी दर्ता भइरहेका छन् ।
भदौ १ गते यता सम्बन्ध विच्छेदका लागि पुरुषले २१ र महिलाले २० वटा मुद्दा दर्ता गराएको जिल्ला अदालत कैलालीका श्रेष्तेदार इन्द्रबहादुर कठायतले बताए ।
कानुनले पुरुषको सम्बन्ध विच्छेद खुकुलो बनाएपछि अहिले अन्यायमा परेका पुरुषले पनि न्याय पाउन थालेका छन् ।
सम्बन्ध विच्छेदको प्रमुख कारण वैदेशीक रोजगार, सानै उमेरमा विवाह, आर्थिक समस्या र सामान्य झै–झगडा हुने गरेका छन ।
यसअघि पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्न स्थानीय तहहँदै अदालतसम्म पुग्न एक वर्ष लाथ्यो ।
अहिले त्यो प्रक्रियाविनै सिधै अदालतमा मुद्दा दर्ता गर्न पाइने व्यवस्था रहेको छ
प्रतिक्रिया दिनुहोस्