डोल्पामा बनायो नेपाली काँग्रेसले छायाँ सरकार • Image Khabar Image Khabar


डोल्पामा बनायो नेपाली काँग्रेसले छायाँ सरकार


Imagekhabar
१६ बैशाख २०७५, आईतवार १२:४७

डोल्पामा बनायो नेपाली काँग्रेसले छायाँ सरकार

डोल्पा, बैशाख १६ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ ।

नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो ।

छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको पनि नेपाली काँग्रेस डोल्पाले जानकारी दिएको छ ।

छायाँ सरकारले त्रिपुरासुन्दरी नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्ने पनि जनाइएको छ ।

अबको केही समयमै बाँकी ६ गाउँपालिका र ठूलीभेरी नगरपालिकामा पनि छायाँ सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्