२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पार्टीका जनवर्गीय संगठन प्रमुखहरुलाई कमल थापाले दिए कडा निर्देशन


0
Shares

काठमाडौं, वैशाख १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता, जनता र मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सांगठनिक गतिविधिलाई तिव्रता दिन पार्टीका जनवर्गीय संगठनका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भ्रातृ संगठनहरु पार्टीजस्तै समानान्तर ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले अहिले निष्कृय भएर बस्ने कसैलाई छुट छैन भन्दै संगठनलाई क्रियाशील, जीवन्त र जुझारु बनाईराख्न वार्षिक कार्ययोजना बनाएर संगठनलाई चुस्त बनाउनु पर्नेमा जोड दिए ।

बलियो एजेण्डा र राष्ट्रवादी प्रजातान्त्रिक धारलाई बोकेर अगाडि बढिरहेको पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी र हस्तक्षेपकारी भूमिकामा ल्याउनका लागि बलियो संगठनको विकल्प नभएको चर्चा गर्दै थापाले जनताको विश्वास जित्नको निमित्त जनतामा जानुपर्ने र राप्रपाप्रति छरिएका नकारात्मक भ्रमलाई चिर्नको निमित्त चनाखो हुन समेत सबैलाई सचेत गराए ।

सो अवसरमा १७ वटा जनवर्गीय संगठनका प्रमुखहरुले संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।