तराईमा सबैभन्दा बढी अनियमिततासम्बन्धी उजुरी शिक्षा क्षेत्रमा • Image Khabar Image Khabar


तराईमा सबैभन्दा बढी अनियमिततासम्बन्धी उजुरी शिक्षा क्षेत्रमा


Imagekhabar
१२ असार २०७५, मंगलवार ०३:२७

तराईमा सबैभन्दा बढी अनियमिततासम्बन्धी उजुरी शिक्षा क्षेत्रमा

सञ्जय कार्की (इमेज)

रौतहट, असार १२ । तराईका जिल्लामा सबैभन्दा बढी अनियमिततासम्बन्धी उजुरी शिक्षा क्षेत्रमा हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगको क्षेत्रीय कार्यालय हेटौंडाले मंगलबार रौतहटको चन्द्रपुर–२, जुडिबेलामा रहेको श्री माध्यमिक विद्यालयमा गरेको सामुदायिक शिक्षा कार्यक्रममा यस्तो जनाइएको हो ।

शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र कर्मचारीबीच आयोगले गरेको अन्तक्रिया कार्यक्रममा आयोगका प्रमुख उपसचिव देवकुमार राईले रौतहटमामात्रै १०० भन्दा बढी उजुरी शिक्षा क्षेत्रको रहेको बताए ।

तराईको क्षेत्रबाटमात्रै ६० प्रतिशतभन्दा बढी उजुरी शिक्षा क्षेत्रमा रहेको उनले बताए ।

आयोगकाअनुसार शैक्षिक क्षेत्रमा शिक्षक नियुक्ति, छात्रवृत्ति वितरण, भवन निर्माणलगायतमा अनियमितको उजुरी आउने गरेको छ ।

शैक्षिक क्षेत्रमा हुने अनियमितता रोक्न र भ्रष्टाचार नियन्त्रणमा शैक्षिक संघ–संस्था एवं सरोकारवालाको भूमिका जवाफदेही बनाउन कार्यक्रम गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्