ओमन पुगेकी नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार • Image Khabar Image Khabar


ओमन पुगेकी नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार


Imagekhabar
१७ बैशाख २०७५, सोमबार ०६:५८

ओमन पुगेकी नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार

काठमाडौं, वैशाख १७ । ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ ।

प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो । उनी प्रहरीको संरक्षणमा छिन् ।

शुक्रबार दिउँसो ३ बजे अपहरणमा परेकी बुटवलकी ती पीडितलाई प्रहरीले शनिबार बिहान ३ः३० बजे उद्धार गरेको हो । अपहरणकारी फरार छन् ।

‘राम्रो घरमा काम लगाइदिन्छु’ भनी बोलाएर बंगालीहरुले एउटा भवनमा लगेर बलात्कार गरेको पीडितले बताइन् । उनका अनुसार बलात्कार घटना सार्वजनिक हुने डरले उनीहरुले हत्या योजनासमेत बनाएका थिए । तर तीमध्ये एक बंगाली हत्याको विपक्षमा उभिएपछि उनीहरुबीच विवाद भएको थियो । त्यही मौकामा आफू भागेर शौचालयमा लुकेको उनले बताइन् । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्