Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन वैशाख २८ देखि पोखरामा


0
Shares

पोखरा, वैशाख १७ । अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ ।

सम्मेलनका सम्बन्धमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तीलक थापाले ‘राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ हुन लागेको राष्ट्रिय सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्ने जानकारी दिए ।

सम्मेलनमा नेपाली जनताको संघर्षबाट गणतन्त्र प्राप्त भएर पनि जनताका आधारभूत आवश्यकता पूरा हुन नसकेको, सामन्ती प्रवृत्तिले जरा गाड्नुका साथै वैदेशिक हस्तक्षेप बढिरहेकोलगायतका विषयमा गम्भीर छलफल हुने जानकारी दिँदै उनले युवा जनशक्तिको स्वदेशमा नै परिचालनजस्ता विषय सम्मेलनमा विशेष प्रस्तावका रुपमा पारित गरिने बताए ।

अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष विक्रम थापाले सम्मेलनको तयारी तीव्र रुपमा बढिरहेको जानकारी दिँदै सम्मेलनमा देशभरबाट ६०० जनासम्म प्रतिनिधि आउने बताए । (रासस)