१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


घुससहित प्रहरी हवल्दार रंगेहात पक्राउ


0
Shares

कलैया, कात्तिक ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी हवल्दारलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीसँग पानमसला र गुटखा नेपालमा भारतबाट सहजरुपमा ल्याउनका लागि सहजीकरण गरिदिने भन्दै हवल्दार सुदामा हजाराले रु एक लाख लिँदैगर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

आरोपी हजारा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत् रहेका छन् ।

उनलाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडामा राखी अनुसन्धान गरिरहेको क्षेत्रीय कार्यालयले जनाएको छ । रासस