
काठमाडौं, बैशाख १८ । नेकपा एमालेका सचिव योगेश भट्टराईले जग बलियो बनाएर एमाले र माओवादी केन्द्रबीच एकता हुने दावी गरेका छन् ।
एकताको जग बलियो बनाउनकै लागि दुई पार्टी एकता प्रक्रियामा बिलम्ब भईरहेको भन्दै उनले भविष्यमा फुट्न नसक्ने गरी दुई पार्टीबीच एकता हुने जिकीर गरे ।
काठमाडौमा गरिएको कार्यक्रममा सचिव भट्टराईले जनयुद्ध, माओवाद, सांगठनिक संरचनाको अनुपात र चुनाव चिह्न समीक्षामै रहेको जानकारी दिए ।
एक अर्को प्रसंगमा सचिव भट्टराईले भारतीय प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमणले दुई देशबीचको तिक्तता मेटाउनको साथै मुलुकको विकासका लागि सहयोगी हुने दावी गरे ।
प्रतिक्रिया दिनुहोस्