२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सबै दल एकजुट भए प्रदेश नम्बर ७ सबैभन्दा धनी बन्नेछः सभापति देउवा


0
Shares

बिराज रोस्यारा/ईमेज:
कैलाली, बैशाख १८ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर ७ को समृद्धिका लागि सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्ने बताएका छन् ।

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको ११ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन देउवाले प्रदेशको विकासका एजेण्डामा सबै राजनीतिक दलहरु एक ठाउँमा आउनु पर्ने बताएका हुन् ।

उनले अहिलेसम्म दलहरुको ध्रविकरणका कारण प्रदेशहरु बिकासका पछाडि परिरहेको बताए ।

सबै दलहरुले एकमत भएर सम्भावनाहरुको पहिचान गरेर अगाडि अगाडि बढे ७ नम्बर प्रदेश देशकै धनी प्रदेश बन्ने उनले बताए ।

प्रदेश ७ मा हिमाल, पहाड, तराइका जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका मानिसहरुले सामाजिक सद्धभाव कायम राख्नमा सहयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री देउवाले प्रशंसा गरे ।

उनले कर्णाली, सेती र महाकाली नदीको पानी सदुपयोग गरेर जलविद्युत र सिचाईमा प्रयोग गर्नु पर्ने बताए ।

उनले धनगढी विमानस्थलको स्तरोन्नति गरेर पर्यटकहरुलाई भित्राएर प्रदेशलाई आर्थिक समुन्नति तर्फ डो¥याउन तर्फ प्रदेश सरकारको ध्यान जानु पर्नेमा जोड दिए ।

७ नम्बर प्रदेशका विद्यालयहरुले उत्पादन गरेका व्यक्तिहरु मुलुकका विभिन्न उच्च तहमा पुगेको बताउदै कांग्रेस सभापति देउवाले अवको प्राविधिक शिक्षातर्फ लाग्नु पर्ने बताए ।