२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


एक महिनासम्म अनुसन्धान : न भेटियो सुन, न त गोरे


0
Shares

काठमाडौं, वैशाख १९ । ७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायव भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिदैंछ ।

विभिन्न मितिमा पक्राउ परेका उनीहरुको मुद्दा आजबाट पूर्ण रुपमा अदालतमा प्रवेश गर्ने भए पनि मुख्य अभियुक्त चूडामणी उप्रेती ‘गोरे’लाई भने प्रहरीले अहिलेसम्म पत्तो लगाउन सकेको छैन । गायव भएको सुनबारे पनि प्रहरी बेखबर छ ।

सुन तस्करी प्रकरणमा छानविन गर्न गृहमन्त्रालयबाट गठित सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिको म्यादसमेत आजबाटै सकिदैंछ । उक्त छानविन समिति एक महिनाका लागि भन्दै २० चैतमा गठन गरिएको थियो । –नयाँ पत्रिका दैनिकबाट