
काठमाडौं, वैशाख १९ । मोडल सङस नेपाल प्रालि द्वारा आयोजित नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको दोस्रो सिजन आयोजना हुने भएको छ ।
आउँदो जेठ १९ गते काठमाडौंको बानेश्वरस्थित रेड डाईमन्ड क्याफेमा नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को अडिसन हुने जनाइएको छ ।
मोडल सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले सङस नेपाल प्रालिको कार्यालयबाट फर्म लिएर सहभागिता जनाउन सक्ने जनाइएको छ ।
प्रतियोगितामा भाग लिनको लागि १६ बर्षदेखि ३० बर्ष सम्मको हुनुपर्ने जनाइएको छ । त्यस्तै महिलाको उचाइ ४ फिट ५ इन्च र पुरुषको ५ फि ५ इन्चभन्दा माथि हुनुपर्नेछ
प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तर्वार्तामा समेत सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलार्इ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्