२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पार्टी एकताबारे एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा, बैठक बोलाइयो


0
Shares

काठमाडौं, बैशाख १९ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताका विषयमा आन्तरिक छलफलमा जुटेका छन् ।

एकता प्रक्रियाले गति लिन नसकिरहेका बेला दुई पार्टी आन्तरिक छलफलमा जुटेका हुन् ।

एमालेले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएको छ ।

त्यसैगरी माओवादी केन्द्रको सचिवालय बैठक पनि अहिले बस्दै छ ।

दुवै पार्टीको आन्तरिक बैठकमा एकता प्रक्रियामा देखिएको गतिरोधका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

आन्तरिक छलफलले एकताको बिन्दू पहिल्याउने अपेक्षा दुवै दलले गरेका छन् ।

पार्टी एकताका लागि यसअघि दुवै दलका अध्यक्षबीच पटकपटक छलफल भए पनि ठोस सहमति जुट्न सकेको छैन ।