Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


दुर्घटनामा गायक योञ्जनको मृत्यु


0
Shares

दोलखा, कात्तिक ३० । ‘पुरानो माया’जस्ता लोकप्रिय सेलोगीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब ९ बजे दोलखा, विगु गाउँपालिका–३, बुलुङमा लु३त ९७२३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार सोही स्थानका ४४ वर्षीय योञ्जनको मृत्यु भएको हो ।

भीरमुनि गाउँबाट ढुंगा लोड गरी पछाडि जानेक्रममा ट्र्याक्टर सडकभन्दा करिब ३२ फिट तल खसेको इलाका प्रहरी कार्यालय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

योञ्जनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको छ । रासस