१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


प्रहरीमाथि खुकुरी प्रहार, टाउकामा १० टाँका


0
Shares

दाङ, कात्तिक ३० । दाङमा शुक्रबार एक प्रहरीजवानमाथि खुकुरी प्रहार भएको छ ।

दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत् प्रहरीजवान चन्द्रप्रकाश वलीमाथि खुकुरी प्रहार भएको हो ।

प्रहरीजवान वलीको टाउकामा १० ओटा टाँका लगाइएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

स्थानीय दुईजनालाई पनि गम्भीर चोट लागेको छ ।

स्थानीय विशाल रोका र चन्द्रप्रकाश नेपालीको समूहबीचको विवाद बढ्दै जाँदा झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीले झडपमा संलग्न केही स्थानीयलाई नियन्त्रणमा लिएको छ ।