
प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै एक घन्टा भएको छलफलमा विवादित विषयलाई कसरी टुंगोमा पुर्याउने भन्ने विषयमा छलफल भएको थियो ।
वार्तामा एकता संयोजन समितिमा पेस भएको वैचारिक र सांगठनिक प्रतिवेदनमा छलफल भएपनि कुनै ठोस सहमति भने बन्न सकेन ।
दुवै अध्यक्षबीच बिहीबारै अपराह्न ३ बजे फेरि वार्ता हुने भएको छ ।
मंगलबार माओवादी केन्द्र सचिवालयको बैठकमा अध्यक्ष दाहालले विवादित अधिकांश विषय सहमतिनजिक पुगेको भन्दै आजको बैठकमार्फत् सबै कुरा टुंग्याएर यही वैशाख २२ गते नै एकता हुनसक्ने बताएका थिए ।
माओवादी केन्द्रले समानताका आधारमा एकता हुनुपर्ने भन्दै केन्द्रीय समितिमा कम्तीमा ४५ प्रतिशत हुनुपर्ने माग गरेको छ ।
त्यसैगरी, महाधिवेशनपछि नेतृत्व हस्तान्तरणको प्रक्रिया, नयाँ पार्टीको चुनाव चिह्न र जनयुद्धलाई हेर्ने दृष्टिकोणबारे एमालेको स्पष्ट दृष्टिकोण खोजेको छ ।
प्रतिक्रिया दिनुहोस्