२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


एमाले–माओवादीबीच एकता नभए ठूलो राजनीतिक संकट आउने दाहालको भविष्यवाणी


0
Shares

कार्ल मार्क्सको सम्झनामा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा उनीहरुले समयको आवश्कताअनुसार एकताको विकल्प नभएको निष्कर्ष निकालेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनका लागि नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अपरिहार्य रहेको उल्लेख गरे ।

उनले पार्टी एकता नभए ठूलो राजनीतिक संकट उत्पन्न हुनसक्ने भविष्यवाणी पनि गरे ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले परिवर्तनका लागि कम्युनिष्ट पार्टीहरु एक हुनैपर्ने बताए । उनले एकताबाटै राष्ट्रका अधूरा काम पूरा हुने विश्वास व्यक्त गरे ।

अर्का एमाले वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्रलाई अझ बलियो बनाउन माओवादी केन्द्रसँग एकता गर्न लागिएको तर्क गर्दै त्यही बाटोबाट नेपालको समृद्धि सम्भव हुने जिकिर गरे ।

कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समितिले गरेको कार्यक्रमका अरु वक्ताले कार्ल मार्क्सको आदर्श र सिद्धान्त अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै मार्क्सवादको दर्शनलाई व्यावहारिकरुपमा लागू गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।