धादिङमा प्रहरीले सुरु गर्‍यो गाँजा खेती नष्ट अभियान • Image Khabar Image Khabar


धादिङमा प्रहरीले सुरु गर्‍यो गाँजा खेती नष्ट अभियान


Imagekhabar
१२ असार २०७५, मंगलवार ०२:१४

धादिङमा प्रहरीले सुरु गर्‍यो गाँजा खेती नष्ट अभियान

धादिङ, असार १२ । धादिङमा प्रहरीले विभिन्न स्थानमा सयौं रोपनी क्षेत्रफलमा गरिएको गाँजा खेती नष्ट गर्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङको अगुवाईमा जिल्लामा रहेका सबै सुरक्षा निकायको सक्रियतामा लागु औषध गाँजा नष्ट गर्ने अभियान थालिएको हो ।

जिल्लाबाट अत्यन्त धेरै लागु औषध ओसार पसार हुने र यसको मुख्य मार्गको रुपमा पृथ्वी राजमार्ग र धादिङका विभिन्न नाकालाई प्रयोग गर्न थालेपछि प्रहरीले गाउँदेखि नै निर्मूल पार्ने भन्दै अभियान थालेको हो ।

पछिल्लो समय तस्करहरुले धादिङलाई लागु औषध ओसार पसारको मुख्य केन्द्रकै रुपमा परिचय बनाउँदै आएका थिए । विशेष गरी दक्षिण धादिङका विभिन्न स्थानमा गाँजाको खेती हुँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्