बुद्धिकृष्ण लामिछानेलाई ‘लोक साहित्य सम्मान’ • Image Khabar Image Khabar


बुद्धिकृष्ण लामिछानेलाई ‘लोक साहित्य सम्मान’


Imagekhabar
२२ बैशाख २०७५, शनिबार १७:३९

बुद्धिकृष्ण लामिछानेलाई ‘लोक साहित्य सम्मान’

सम्मानित व्यक्तित्वहरुलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतले अवार्ड प्रदान गरेका हुन् ।

सो अवसरमा मन्त्री पण्डितले कलाकारिताका क्षेत्रमा सरकारीस्तरबाट निरन्तर साथ र सहयोग रहने भन्दै विकृति अन्त्य गर्दै संस्कृतिको विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा लोकगीत संगीतमा विशिष्ट योगदान पु¥याएकामा वरिष्ठ लोेकगायक बुद्धिकृष्ण लामिछानेलाई ११ हजार १११ रुपैयाँसहित लोक साहित्य सम्मान २०७५ बाट सम्मानित गरियो ।

कार्यक्रममा संगीततर्फ विभिन्न ४३ विधामा विशिष्ट योगदान पुर्‍याउने कलाकर्मीलाई नेपाल म्यूजिक अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्