२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कम्युनिष्टहरु कहिल्यैपनि अधिनायकवादी हुन सक्दैनन् : प्रधानमन्त्री


0
Shares

उनले प्रतिक्रियावादीहरुले अधिनायकवादको भ्रम फैलाउने प्रयास गरे पनि कम्युनिष्ट तथा मार्क्सवादीहरु कुनैपनि हालतमा अधिनायकवादी हुन नसक्ने बताए ।

कार्ल मार्क्स जन्म द्विशतवार्षिकीको अवसरमा एमाले स्थायी कमिटीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मार्कसवाद पूर्णवैज्ञानिक, तथ्यपूर्ण र व्यवस्थित विश्व दृष्टिकोण भएको दावी गरे ।

प्रधानमन्त्री ओलीले प्राविधिक कारणले आज एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा हुन नसकेको दावी पनि गरे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले एमाले र माओवादी केन्द्रबीचको एकता कुनैपनि शक्तिले रोक्न नसक्ने दावी गरे ।

यस्तै, अर्का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा मार्क्स दर्शनको ठूलो प्रभाव रहेको बताए ।

कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले न्यायपूर्ण समाज, विकास र समृद्धिको प्रर्याय मार्क्सवाद भएको धारणा राखे ।