१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अस्पतालमा डा. उपेन्द्र देवकोटाको यस्तो दैनिकीः ‘आशाको दियो निभेको छैन्’


0
Shares

काठमाडौं, बैशाख २३ । आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालको दोस्रो तलाको ‘होप’ वार्डको एउटा कोठामा सोफाअगाडी खुट्टा फैलाएर बस्न सहज हुनेगरी साना टेबुल राखिएका छन ।

अगाडी उपचार सहायताका विभिन्न उपकरण तयारी अवस्थामा छन । वरिष्ठ स्नायू विशेषज्ञ डा. उपेन्द्र देवकोटासँगै सोफामा लहरै बसेका छन्, पत्नी डा. मधु, छोरीहरु मेघा, बसुधा र मन्जरी ।

बेलायतमा आफ्नो उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै विताउने अठोटसहित फर्किएका डा. उपेन्द्र देवकोटालाई भेट्न अस्पतालमा दिनहुँ आफन्त र शुभेच्छुकको भीड लाग्ने गरेको छ ।

उनी अस्पतालको सोही वार्डमा बसेर आफन्त र चिकित्सा सेवामार्फत आफूले जीवन दिलाएकाहरुसँग पीडा भूल्दै आत्मविश्वास बटुलिरहेका छन् ।

शुभेच्छुकसँग नातासम्बन्धदेखि उनीहरुसँग जोडिएका घटना कोट्याउन भूल्दैनन् डा देवकोटा । शुभेच्छुकहरुको सदासयताले उनलाई आफ्नो जीवनमा कुनै चमत्कार(मिराकल) हुने आशाको दियो निभ्न दिएको छैन् ।

६ महिनासम्म उपचार गरी अघिल्लो शनिबार बेलायतबाट स्वदेश फर्किएपछि डा. देवकोटाको दैनिकी यसरी नै बित्दै आएको छ ।

यस्तो दैनिकीमा शनिबार उनका अगाडी एउटा विशेष पात्रको प्रवेश भयो । तीन पात्र हुन गोरखा पालुङटारकी १३ बर्षीया बालिका राधिका बस्नेत ।

राधिका देखेपछि डा. केहीबेर टोलाए । उपचारका लागि बेलायत जानुअघि उनले गत मंसिर १ गते राधिकाको ब्रेन ट्यूमरको शल्यक्रिया गरेका थिए ।

उनी त्यसपछि शल्यक्रिया छिरेका छैनन् । ‘अब म सायद विरामीको सेवामा फर्किन पाउने छैन’ डा देवकोटाले यसअघि नै भनिसकेका छन् । –नागरिक दैनिकबाट